धनगढी विमानस्थलबाट काठमाडौं हवाई यात्रा गर्नेको संख्याामा वृद्धि

धनगढी-सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा अवस्थित धनगढी विमानस्थलबाट काठमाडौं हवाई यात्रा गर्नेको संख्याामा वृद्धि भएको छ । चालू आव ०७५-०७६ मा मात्र १ लाख ५० हजारको हाराहारीमा हवाई यात्रा गर्नेको संख्यामा वृद्धि भएको हो । धनगढी विमानस्थलले यो चालू आवमा मात्र २ लाख ४४ हजार ८ सय यात्रुहरूलाई धनगढी–काठमाडौं-काठमाडौं–धनगढी उडाउने लक्ष्य लिएको छ ।
धनगढी विमानस्थलबाट आव ०७३-०७४ मा ३३ हजार ८ सय ४० जना यात्रुले ओहोर-दोहोर गरेका छन् भने आव २०७४-०७५ मा १ लाख ६९ हजार ९ सय २० जना यात्रुहरूले ओहोर-दोहोर हवाई यात्रा गरेको धनगढी बिमानस्थलको तथ्यांकमा उल्लेखित गरिएको छ । धनगढी विमामनस्थलबाट नेपाल एयरलाइन्सले सातामा ३ दिन आइतबार, मंगलबार, बिहीबार गरी वर्षमा ४० हजार जनालाई ओहोर–दोहोर यात्रा गराइसकेको छ । बेला–बेलामा नेपाल एयरलाइन्स बिग्रनुको कारणले पनि यसमा यात्रा गर्ने संख्यामा बढी भएको हो । बुद्ध एयरलाइन्सले दैनिक २ पटक काठमाडौं-धनगढी ओहोर–दोहोर गर्ने गर्छ ।

यो एयरलाइन्सले वार्षिक १ लाख ३ हजार हाराहारी यात्रुलाई ओहोर–दोहोर गराउँछ । त्यसैगरी, श्री एयरलाइन्सले बिहान-बेलुका गरी वर्षमा १ लाखको हाराहारीमा उडान भर्ने गर्छ । बेला–बेलामा भारतीय नागरिकहरूले एयरलाइन्सलाई बुकिङ गरेर लग्ने गरेका छन् । भारतीय नागरिकले पुस र माघमा समेत एयरलाइन्स बुकिङ गरेका हुन् ।
अनुपातमा हेर्ने हो भने दैनिक ३-४ जना भारतीय नागरिकले समेत काठमाडौं–धनगढी यात्रा गरिरहेका हुन्छन् । तेस्रो मुलुकका नागरिक समेत फ्याट्ट–फुट्ट ओहोर–दोहोर हवाई यात्रा गरिरहेका हुन्छन् । विमानस्थलले गत आवमा २ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको धनगढी विमनस्थलका प्रशासन प्रमुख श्रीराम तिमिल्सिनाले बताए । उनले भने, “चालू आवमा ३ करोड आम्दानी पु¥याउने लक्ष्य छ ।” धनगढी विमान स्थलले रात्रिकालीन सुरक्षित हवाई उडानका लागि धनगढी विमानस्थलको पूर्वपट्टी भिओआर बिएमी इक्वमेण्ट उपकरण जडानका लागि प्रयासरतमा छौं । यो उपकरण जडान भए यात्रुको संख्यामा दोब्बर वृद्धि हुने बताए । “उपकरण जडानको प्रक्रिया अगाडि बढाइसकेका छौं, उपकरण जडान भए सुरक्षितका साथ जहाज अवतरण गर्न सकिन्छ ।” रात्रिकालीन हवाई उडान भएपछि बाह्य पर्यटकदेखि लिएर आन्तरिक पर्यटकमा समेत वृद्धि हुने देखिन्छ ।
केही महिना अघिमात्र बक्यौता रकम नतिरेर धनगढी उडान भर्न नसकेको सौर्य एयरलाइन्सले बाँकी रहेको रकम धनगढी विमानस्थललाई तिर्ने सहमति भएको छ । सौर्य एरलाइन्सले सहमतिपछि एयरलाइन्सलाई निरन्तरता दिने हो भने यात्रुको संख्यामा झन् बढी वृद्धि हुने देखिन्छ । धनगढी विमानस्थल सुदूरपश्चिम प्रदेशको एक मात्र ठूलो विमानस्थल हो । यो विमान स्थलमा सुदूरपश्चिमका ९ वटै जिल्लाका जनताहरू लाभान्वित छन् । नजिकै भारतको उत्तर–प्रदेशका जनताहरू पनि काठमाडौंका लागि यही विमानस्थलबाट हवाई यात्रा गर्ने गर्छन् ।
धनगढी विमानस्थलबाट दैनिक ५ सय यात्रुहरू काठमाडौंको यात्रा गर्ने गरेका छन् । सुदूरपश्चिम प्रदेशको जनसंख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । धनगढी विमानस्थलको स्तोरन्नतिमा प्रदेश सरकार र संघीय सरकारले ध्यान पु¥याउन जरुरी छ । धनगढी विमानस्थलको उन्नतिसँगै प्रदेशको आर्थिक उन्नतिमा वृद्धि हुने नेपाल टुर्र एण्ड टाभल्र्स एसोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष मायाप्रकाश भट्टले बताए । सुदूरपश्चिम प्रदेशबाट हवाई यात्रा गर्नेको संख्यामा वृद्धि भएको छ । एयरलाइन्स थपे यहाँको पर्यटन स्थल होटलहरूलगायतमा आर्थिक वृद्धि हुने देखिएको छ । आर्थिक वृद्धिसँगै सम्रग सुदूरपश्चिमवासीलाई समेत फाइदा हुनेछ ।हिमेश विक


Facebook Comment


No ads found for this position