बुध्द एयरले १२ औं जहाज एटिआर भित्र्याे

चैत, काठमाडौं ।  निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ ।फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो ।

नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो बेलुकी ८ः३० बजे  त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थल काठमाडौंमा अवतरण गरेको बुध्द एयरले जनाएको छ ।

कम्पनीका  रिर्सच एण्ड डेभलप्मेण्ट डिपार्टमेण्टका प्रमोद पोखरेलका अनुसार नयाँ ल्याएको  जहाज एटिआर   अर्को महिनादेखि उडान भर्ने बताए ।

उनले भने अब कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको बताए ।


Facebook Comment


No ads found for this position