सराङकोटमा फेरि प्याराग्लाइडिङ दुर्घटना

लेखनाथ — चिनियाँ पाइलटले ७ वर्षीय बालक बोकेर सराङकोटबाट प्याराग्लाइडिङ गर्दा दुर्घटना भएको छ । पोखराको सराङकोटबाट उडेर खपौंदीमा अवतरण गर्ने क्रममा ग्लाइडर बिजुलीको तारमा अड्किँदा मंगलबार दिउँसो दुर्घटना भएको हो ।

चिनियाँ नागरिक एलेस विकराइनले चिनियाँमुलकै सिंगापुरका बालक याङ गुवाङ जीलाई राखेर प्याराग्लाइडिङ गरेका थिए । घाइते बालकको पोखराकै मणिपाल शिक्षण अस्पतालमा उपचार गरी डिस्चार्ज गरिएको छ ।

उनी खतरामुक्त छन् ।ओपन स्काइ प्याराग्लाइडिङ कम्पनीमार्फत उडेका पाइलटले वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिइ सोधपुछ गरेको छ । उनले प्रहरीसँग अन्तर्राष्ट्रिय कानुनमा तीन वर्षभन्दा माथिको उमेरकालाई प्याराग्लाइडिङ गराउन मिल्ने बयान दिएका छन् । नेपालमा भने यससम्बन्धी स्पष्ट व्यवस्था नभएको प्रहरीले जनाएको छ । दुई हप्ता अघि सोलो उडानका क्रममा चार प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई विदेशी पाइलटले ज्यान गुमाएका थिए ।


Facebook Comment


No ads found for this position