पर्यटन विधेयक प्रस्ताव स्वीकृत

विराटनगर, चैत:  ‘पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
प्रदेश नं १ को आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३(१) र नियम ९५ बमोजिम सो विधेयक सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गर्नुभएको थियो ।

प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ को मस्यौदामा समान्य छलफल भयो । छलफलमा प्रदेशसभा सदस्य अम्विका थापा, मोहनकुमार खड्का, राजेन्द्रकुमार राई, रामबहादुर मगर र शिवनारायण गनगाइँ संशोधित मस्यौदा सहमतिबाट नै ल्याइएकाले यसको प्रयोग र उपयोग फाइदाजनक हुने विश्वास व्यक्त गर्नुभयो ।

सो मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले संसदीय विधि र प्रक्रियाबाट ल्याएको यो संशोधन मस्यौदाले संसदीय प्रणालीको गरिमा बढाउने विचार व्यक्त गर्नुभयो ।


Facebook Comment


No ads found for this position