‘राइनोकुञ्ज’ पर्यटन मेला हुने

भरतपुर,  चैत:  पर्यटन वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यका साथ चितवनको भरतपुरमा राइनोकुञ्ज पर्यटन मेला आयोजना हुने भएको छ । भरतपुर महानगरपालिका–१३ मा पर्ने राइनोकुञ्ज क्षेत्रको जैविक विविधताको संरक्षण र पर्यापर्यटनको विकासका लागि चैत ३० देखि मेला आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

वडाको सक्रियतामा सञ्चालन गर्न लागिएको मेलामार्फत राइनोकुञ्जको प्रचारप्रसारलाई जोड दिइने वडाध्यक्ष एवं राइनोकुञ्ज पर्यटन मेला–२०७५ का संयोजक प्रकाश दवाडीले बताउनुभयो । पर्यटकीय नगरी सौराहाको झल्को मेटाउने गरेर भरतपुर महानगरपालिका–१३ मा राइनोकुञ्ज पर्यटकीय क्षेत्रको रुपमा विकास भएकाले यसलाई प्रवद्र्धन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको सङ्गममा रहेको राइनोकुञ्ज क्षेत्रमा छीतामाई मन्दिर, बाटुलीपोखरी ताल, शहीद पार्क, कमलपोखरी, श्रमिक ताल, गैँडाताल र भ्यूटावर रहेका छन् ।

मेला अवधिभर ऐतिहासिक एवं धार्मिकस्थलको अवलोकन, जिप सफारीद्वारा चितवन राष्ट्रिय निकुञ्जभित्रका जङ्गली जनावर र चराचुरुङ्गीको अवलोकन, राप्ति तथा बाटुलीपोखरी तालमा डुङ्गा सयर, विभिन्न जातिका आ–आफ्नै कला संस्कृति झल्कने झाँकीहरुको प्रदर्शन र थारू, बोटे, तामाङ, गुरुङलगायतका विभिन्न जनजातिका वेषभूषा तथा कलासंस्कृतिको अवलोकन गर्न पाइने दबाडीले बताउनुभयो । भरतपुर विमानस्थलसम्म हवाईयात्रा र त्यहाँबाट करीब आठ किलोमिटर दूरी पार गरेपछि राइनोकुञ्ज क्षेत्र पुगिन्छ ।

भरतपुर महानगरपालिका–१३ को आयोजनामा हुने मेलाको संरक्षकमा भरतपुर महानगरपालिका नगर कार्यपालिका र सहआयोजकको रुपमा चितवन राष्ट्रिय निकुन्ज पटिहानी उपभोक्ता समिति, चितवन राष्ट्रिय निकुन्ज वरण्डाभार उपभोक्ता समिति, वेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रहेका छन् ।


Facebook Comment


No ads found for this position