हवाई दुर्घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने : भारतीय जनता पार्टीका नेता विजय जोली

काठमाडौँ,  चैत  : भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा हुने हवाई दुर्घटना बढिरहँदा पनि यसबारे सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद रहेको बताउनुभएको छ । उहाँले हवाई दुर्घटनाका कारण पत्ता लगाएर निराकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वर्गीयमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई समवेदना दिन नेपाल आइपुग्नुभएका नेता जोलीले युरोपले आफ्नो नागरिकको ज्यानलाई मात्र महत्वपूर्ण ठानेको बताउनुभयो । मन्त्री अधिकारीले आफूसँग नेपाली वायुसेवालाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा कुराकानी गरिरहने उहाँले स्मरणगर्नुभयो ।


Facebook Comment


No ads found for this position