तारा एयरको जहाज रामेछापमा धावनमार्गबाट चिप्लियाे

९ वैशाख, काठमाडौं । लुक्लाबाट आएको तारा एयरको जहाज रामेछापकाे मन्थलीमा अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको छ ।
सोमबार बिहान अवतरण गर्ने क्रममा टायर पन्चड भएर जहाज रनवेबाट चिप्लिएको बताइएको छ।
ताराको ‘नाइन एनएकेके’ ट्विअनटर जहाज रनवेमा चिप्लिए पनि मानवीय क्षति भने नभएको बताइएको छ ।
धावनमार्गबाट जहाज चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ।
प्राविधिक परीक्षणका लागि नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयबाट टोली मन्थली गइसकेको छ।
उक्त टोलीले जहाजको परीक्षण र हटाउने काम गरेपछिमात्र विमानस्थल खुल्ने छ ।