घुमफिर……फाेकसुण्डाे तालकाे (भिडियाे)

भरतबन्धु थापा

कर्णाली प्रदेशको डोल्पा जिल्ला कठिन भूबनोट भएको पर्यटकीय थलो हो । फोक्सुण्डो ताल यहाँको विशेष आकर्षण हो ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने ६५० मिटर गहिरो ताल समुद्री सतहबाट ३,६६० मिटर उँचाइमा अवस्थित छ । गाढा नीलो यो तालबाट निकास भएको पानीबाट निर्मित फोक्सुण्डो झरना चित्ताकर्षक देखिन्छ, जसलाई स्थानीयहरू सुलिगाड झरना भन्छन् ।

पदयात्राप्रेमी पर्यटकमाझ प्रिय छ, डोल्पा । यहाँ लोअर डोल्पा सर्किट (फोक्सुण्डो ताल पदयात्रा), अपर डोल्पा सर्किट (शे गुम्बा, विश्वकै उच्च स्थानमा रहेको मानव बस्ती ‘ढो’) र डोल्पा–मुस्ताङ पदयात्रा गरी तीन वटा पदमार्ग छन् । डोल्पाबाट काञ्जीरोवा, पुथा, धौलागिरि दोस्रो लगायतका हिमाल अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्यसँगै कला र संस्कृतिका हिसाबले पनि डोल्पा धनी छ । माथिल्लो डोल्पामा सयौं वर्ष पुराना गुम्बाहरू छन् । रोकाया, बुढा, ठकुरी, गुरुङ, लामा, क्षेत्री, ब्राहमणलगायत जातिको विविध संस्कृति र रहनसहन नियाल्न पाउनु डोल्पा यात्राको थप विशेषता हो ।

फ्रान्सका फिल्ममेकर एरिक भ्यालीले डोल्पाको विकट भूगोल र जीवनशैलीलाई विषय बनाएर ‘क्याराभान’ (१९९९) फिल्म बनाएपछि यो क्षेत्रले विश्वमा ख्याति कमायो ।

फ्रेन्च फिल्ममेकरकै साइनोका कारण होला, डोल्पा पुग्ने विदेशी पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च हुन्छन् । पछिल्लो समय आन्तरिक पर्यटक पनि आउन थालेको डोल्पाका पर्यटन व्यवसायी जितेन्द्र झाँक्री बताउँछन् ।

कसरी पुग्ने ?
नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलसम्म हवाई यात्रापछि पदयात्रा शुरु हुन्छ । पदयात्राको पहिलो दिन जुफालबाट डोल्पाको सदरमुकाम दुनै बजार, दोस्रो दिन छेप्का, तेस्रो दिन झरना र चौथो दिन फोक्सुण्डो ताल नजिकैको रिग्मो गाउँ पुगिन्छ । रिग्मोमा बास बस्ने होटलहरू छन् ।

‘डोल्पाबाट राज्यले लाभ लिन सकेको छैन : धनबहादुर बुढा,पर्यटन राज्यमन्त्री

डोल्पा मात्र नभएर मुलुकभरकै प्राकृतिक स्रोत र साधनबाट राज्यले लाभ लिन सकेको छैन ।

डोल्पा विश्वकै अग्लो स्थानमा रहेको मानव वस्ती द्यो–छार्का जाने पदमार्ग पनि हो । यसलाई प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सकियो भने आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ ।आर्थिक समृद्धिको आधार पर्यटन उद्योग हो ।

प्राकृतिक र भौगोलिक बनावटले डोल्पा पर्यटनको अथाह सम्भावना भएको जिल्ला हो । साँस्कृतिक रुपमा पनि डोल्पा धनी छ ।

तर, सडक सञ्जालको पहुँच नहुँदा डोल्पाको पर्यटन क्षेत्रमा चाहे जसरी काम हुन सकेको छैन ।

यसरी पुग्न सकिन्छ काठमाण्डाै देखि नेपालकाे सबैभन्दा गहिराे फाेकसुण्डाे ताल सम्म

घुमफिर…….फाेकसुण्डाे तालकाे ……..डोल्पा जिल्लामा अवस्थित नेपालको सर्बैभन्दा गहिरो ताल फोकसुण्डो तालको सम्मको यात्राका बारेमा देखाउन लागेका छौ । तर हाम्रो यात्रा विगतको यात्रा भन्दा अलिक फरक रहेको छ …………………………… बाँकी भिडियोमा

Posted by Bharat Bandhu Thapa-Photographer/Traveller/Promoter on Sunday, April 28, 2019


Facebook Comment


No ads found for this position