पोखराको तालचोक र लेकसाईडमा ज्योति विकास बैंकले नयाँ शाखा संचालनमा ल्यायाे

ज्योति विकास बैंक लिमिटेडले कास्कीकाे तालचोक र लेकसाईडमा नयाँ शाखा संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक शाखा र वडा नं ६ मा रहेको लेकसाईडमा शाखा संचालनमा ल्याएकाे हाे । शाखाकाे उद्घाटन नेपाल राष्ट्र बंैक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले  संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

बैकले कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र महाराजगंज गरी ७ स्थानमा समेत  एटिएम सञ्चालनमा ल्याएको छ ।

हाल बैंकले ९७ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ३२ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने आगामी वर्षमा थप ४ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको  बैकका सहयाक महा प्रबन्धक रामहिर आचार्य बताउनुभयाे ।


Facebook Comment


No ads found for this position