मेरो उमेदवारी श्रमिकको हित र देश विकासको लागी :ईश्वर रोकाय, उपाध्यक्ष एन आर एन कोरीया

काठमाडौं – दक्षिण कोरियामा हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्षका उम्मेदबार ईश्वर रोकायाले श्रमिकको हित र देश विकासको लागी बताएका छन् ।
यही आउदो सेप्टेम्बर २१ र २२ गते दक्षिण कोरियाको सियोलमा हनु गईरहेको गैर आवासीय नेपाली संघको उपाध्यकका बलिया उमेदवार रोकायाले भने कोरीयामा नेपाली साथीहरुको सल्लाहा र सुझावको आधारमा आफुले उमेदवारी दिएको बताए । उनले भने नेपाली दाजुभाईहरुले कोरीया आउदा र यहाँ आएपुगेपछि भोग्नु परेको समस्याहरुलाई न्यूनिकरण गनु नै आफ्नो पहिलो काम रहेको बताए । आफ्नो उमेदवारी कोरीया र नेपालको मित्रतलाई अझ उचाईमा पुराउनुका साथै नेपालमा विदेशी लगानिलाई अझ ब्यापक बनाउनु तफै ध्यान दिने बताए ।
आफुले थाहा पाए देखि नै समाज सेवा प्रती आफ्नो लगाव भएकाले नेपाल तथा कोरीयामा रहदा पनी बिभिन्न सामाजीक सेवामा रही सामाजीक कार्य गर्दै आएको देखेर अहिले साथीहरुले उमेदवारी दिन आग्रह गरेको रोकायले बताए । आफु उपाध्यक्षमा विजयी भएपछी नेपालमा कृषी, पर्यटन र उर्जामा लगानीको अभिबृद्धी गरी देशलाई आत्मनिर्भर र रोजागारी उन्मुख गराई सबैलाई एकताबद्ध भई लाग्न प्रयास गरिने बताए ।
पुख्यौली घर बझाङ , खप्तड छान्ना गाउँपालिका ३ सिल्कावाडा घर भएका रोकाया बिगत लामो समय देखि दक्षिण कोरियामा बस्दै आएका छन् । सानै उम्मेर देखि स्वयम्सेवा भावना भएका रोकाया दक्षिण कोरिया स्थित बिभिन्न सामाजिक संघ संस्थाहरुमा लामो समय देखि सक्रिय हुदै आएका छन् ।
सुदुरपश्चिम समाज दक्षिण कोरिया बुसानका अध्यक्ष समेत रहेका रोकायाले नेपालको दुर्गम क्षेत्रमा रहेका बालबालिकाहरुको शिक्षा , स्वास्थ्यमा टेवा पुरयाउनका लागी सामाजिक अभियान मार्फत सेवा गर्ने बताए ।