३ करोड खर्चमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन हुने

काठमाडौं, ८ पुष । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटनका लागि सरकारले ३ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।जनवरी १ मा काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिने कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । यो कार्यक्रमका लागि सरकारले २ करोड रुपैयाँ खर्च गर्ने भएको हो । यस्तै, जनवरी ७ विभिन्न मुलुकमा औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । त्यसका लागि एक करोड १४ लाख रुपैयाँ खर्च गर्ने सरकारको तयारी रहेको छ ।

काठमाडौंमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुन ३० वटा भन्दा बढी देशका पर्यटन मन्त्रीहरुलाई आमन्त्रण गरिएको छ । यसमध्ये १० मुलुकका पर्यटन मन्त्रीको सहभागिता निश्चित भइसकेको सचिवालयले जनाएको छ । भ्रमण वर्ष २०२० को उद्घाटन गर्दै नेपाल पर्यटन गन्तव्यका लागि उपयुक्त मुलुक भएको सन्देश दिन खोजिएको सरकारले जनाएको छ ।


Facebook Comment


No ads found for this position