हिम पहिरोमा बेपत्ता नागरिकलाइ खोजी दिन राजदूत पार्कको आग्रह

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्गसिकले हिम पहिरोमा हराइरहेका आफ्ना चार नागरिकबारे गृहमन्त्री रामबहादुर थापासँग जानकारी लिएका छन् ।

गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ताका क्रममा केही दिन अघि कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिम पहिरोमा परी हराइरहेका आफ्ना नागरिकको खोजी गरिदिन राजदूत पार्कले आग्रह समेत गरे ।

गृहमन्त्री थापाले हिम पहिरो लगत्तै धेरै व्यक्ति सकुसल उद्धार भए पनि चार कोरियाली र तीन नेपाली अझै हराइरहेको बताए । गृहमन्त्री थापाले उनीहरुको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।

गृहमन्त्री थापाले नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरी तथा स्थानीय समेतको सहयोगमा हराइरहेकाको खोजी गरिरहेको बताए । गएको ३ माघमा अन्नपूर्ण हिमाल क्षेत्रमा परेको हिमपातका कारण उनीहरु हराइरहेका छन् ।

भेटवार्तामा गृहमन्त्री थापाले नेपालको विकासमा कोरिया सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।


Facebook Comment


No ads found for this position