भ्रमण वर्षको पहिलो महिना मै नेपाल आउने पर्यटकको संख्या घटे

सरकारले विस लाख पर्यटक भित्राउने लक्ष्यसहित घोषण गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो महिना जनवरीमा नै नेपाल आउने पर्यटकको संख्या घटेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को गएको जनवरीमा ८१ हजार २ सय ६४ जना पर्यटक भित्रिएका थिए भने यो बर्षको जनवरीमा जम्मा जनवरीमा ७९ हजार ६ सय ८६ पर्यटक नेपाल भित्रिएका छन ्।
गत वर्षको जनवरीको तुलनामा यो वर्षको जनवरीमा नेपाल आउने पर्यटकको संख्यामा करिब १ हजार ६ सयले घटेको हो । बिशेष गरी भारत तथा चीनका प्रमुख बजारमध्ये भारतको पर्यटकम नघटे पनि चिनियाँ पर्यटक घटेको छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकै पहिलो महिनामा जनवरीमाभारतवाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन् ।

सन् २०१९ मा भारतबाट १४ हजार ६ सय ५० पर्यटक आएका थिए । साथै, २०१९ मा १३ हजार ६ सय ८८ चिनीया पर्यटक नेपाल आएकोमा सन् २०२० मा ३ सय ८५ ले कमी भई १३ हजार ३ सय ३ जनामात्र नेपाल आएका छन्।


Facebook Comment


No ads found for this position