नाट्टा पश्चिमाञ्चलको अध्यक्षमा सिग्देल, (मत परिणाम सहित)

पोखरा, फागुन / नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघ गण्डकी प्रदेशको अध्यक्ष सञ्जयकान्त सिग्देल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि २ प्यानलबीच प्रतिस्पर्धा हुने भएको थियो । शनिबार पोखरामा भएको ११ औं अधिवेसनबाट सिग्देलले २० मत अन्तरले बिजयी भएका हुन् ।

सञ्जयकान्त सिग्देलले ९० मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी झवी अधिकारीले ७० मत प्राप्त गरे ।
त्यसैगरी प्रथम उपाध्यक्षमा हरिराम अधिकारी बिजयी भएका छन् । उनले सबै भन्दा बढि १ सय ८ मत ल्याउदै बिजयी बने । प्रथम उपाध्यक्षका अको प्रतिस्पधी सुवास भण्डारीले ५१ मत ल्याए ।

नाट्टा पश्चिमाञ्चलको अध्यक्षमा सञ्जयकान्त सिग्देल विजयी कस्को कति मत सहित
नाट्टा पश्चिमाञ्चलको अध्यक्षमा सञ्जयकान्त सिग्देल विजयी

द्वितीय उपाध्यक्षमा एक सय मत ल्याउदै किशोर दाहाल विजयी बने । उनले १०० मत ल्याए । द्वितीय उपाध्यक्षमा नेत्रपाणि भण्डारी (बाबुराम) ले ६१ मत प्राप्त गरे ।  महासचिवमा कमला गिरीले ८७ मत प्राप्त गरिन् भने कुलचन्द्र शर्माले ७५ मत प्राप्त गरे ।

सचिवमा संगीता पौडेलले ८७ मत ल्याउदै बिजयी बनिन् भने चेतन कार्कीले ७६ मत प्राप्त गरे । कोषाध्यक्षमा राजेश पहारीले ८४ मत ल्याउदै विजयी बने भने विश्वराज आचार्य ७४ मत प्राप्त गरे ।
सहकोषाध्यक्षमा नवराज भण्डारीले ७८ मत प्राप्त गदै विजयी बने भने प्रदीप काफ्लेले ७४ मत प्राप्त गरे । त्यसै गरी सदस्यमा शुभास पहारी, सुशिला सिग्देल, तारा गौतम, सन्दिप श्रेष्ठ र खिम बहादुर नेपाली बिजयी बने ।

शुभास पहारी ११३
ताराप्रसाद गौतम १०४
सन्दिप श्रेष्ठ १००
सुशिला सिग्देल ८६
खिम बहादु नेपाल ८०

१५ सदस्यीय समितिमा २ जना सदस्यलाई अध्यक्षले मनोनित गर्ने विधानमा व्यवस्था छ । नाट्टामा १ सय ८१ जना सदस्य रहेका छन् ।


Facebook Comment


No ads found for this position