पाँच दिन मै सगरमाथा आरोहणको लक्ष्य लिदै आरोही टासी सगरमाथातर्फ जाँदै

बिना अक्सिजन ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्की्तिमान कायम गर्ने उद्देश्यले’ नेपाली आरोही टासी लाक्पा शेर्पा सोमबार सगरमाथातर्फ जाँदै छन् । तिन जना शेपा सहित पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने योजना बनाएका टासी संखुवासभा मकालु गाउँपालिका जन्मेका हुन् । मकालु गाँउपालीकाका चार जना सहित हिमाल आरोहीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विश्वकै रेकर्ड राख्न सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्न लागेको जनाएका हुन् ।

८ पटक सगरमाथाको सफल आरोहण गरेका आरोही तथा पर्यटन व्यवसायी टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथा तर्फ लागेको छ ।
आरोही टासिलाक्पाले भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालमा खिच्न विन्टर सिजन अर्थात जाडो सिजनमा समेत छोटो अवधिमा हिमाल आरोहण गर्न लागिएको बताए । उनले यो सिजनमा हिमाल आरोहण उपयुक्त नभए पनि निकै छोटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहायोग पु¥याउन खोजेको बताए ।
आरोही शेर्पाले जाडो मौसममा हिमाल आरोहण विश्वमा विरलै हुने गरेको र यसअघि सन १९८० र सन १९९३ मा विदेशीहरुले यस्तो आरोहण दुई महिना लगाएर गरेको बताए । तर यसपटक आफुहरुले यहि फेब्रुअरी २९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य लिएको उनको भनाई छ ।