डोल्पामा कोरोना भाइरसका स्वास्थ्य सामग्री उपलब्ध गराउन पुर्व पर्यटन राज्यमन्त्री बुढाको आग्रह

पूर्व पर्यटन राज्यमन्त्री एवंम प्रतिनिधीसभा सांसद धनवहादुर बुढाले लकडाउनमा परि डोल्पा घर जान नपाई नेपालगन्जमा अलपत्र परेका यात्रुहरुलाई उदार गर्ने सबै निकायलाई धन्यवाद दिएका छन् ।
उनले भने विश्वभर फैलिएको कोरना भाईरसले पनी नेपाल अछुतो रहको छैन , यो फैलीएको भाईरसलाई निर्मुल तथा कम गर्न सरकारले गरेको लकडाउन स्वागत योग्य छ । तर डोल्पा जिल्ला जानका लागी नेपालगन्ज अलपत्र परेका डोल्पाली जनतालाई उद्धार गर्नका लागी तिन तहले देखाएको कदम जनता प्रति तिनै तह कती चिन्तीत छ भन्ने मैले उदाहरण रहेको बताए ।
उनले भने देशकै विकट तथा स्वास्थय अवस्थाक कमजोर रहेको डोल्पामा कोरोना भाईरस सम्बन्धी कुनै पनी उपकरण नहुदा चिन्ता ब्यक्त गरेका छन् । उनले कोरोना बाट बच्न जिल्लामा स्थानिय तथा स्वास्थकमीहरुले पहल गरे पनी सो सम्बन्धी जाच्ने, आधारभुत सामाग्री तथा कोरोन्टाईको राम्रो ब्यबस्थापन गर्न सरकार सग माग गरेका छन् ।
जिल्ला अस्पताल डोल्पामा कोरोना भाइरसका लागि चाहिने स्वास्थ्य सामग्रीको सहित स्वास्थय कर्मिको तत्काल उपलब्ध गराउन पनी आग्रह गरेका छन् ।