नेपालमा अलपत्र परेका ३०५ जना पर्यटक लिएर कतार एयरलाइन्स फर्कियो

१४ चैत, काठमाडौं । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको छ ।

नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिकको उद्दारका लागि उक्त विमान विहान काठमाडौंमा अवतरण गरेको थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । उनका अनुसार जहाजमा अधिकांश जर्मन र फ्रान्सका नागरिक रहेका थिए ।


Facebook Comment


No ads found for this position