लोमाङथाङ जती गएपनी जाउँ जाउँ लाग्दछ (फाेटाे फिचर)

मुस्ताङ पदयात्रा मात्रा नभएर अफरोड यात्राका लागी पनी निकै संम्भावना बोको क्षेत्र हो । कालीगण्डीकी नदीको तिरै तिर सवारी साधनमा जादा यस्तो लाग्छ स्वर्गको अनुभुती हुन्छ । लोमाङथाङ जादा अफरोड तथा साहसीक यात्रा गर्न चाहनेका लागी बिशेष गरी तिवटा ठाँउ निकै रमाईलो रहेको छ ।
छुसाङ, समर र भेनाको डाँडा भन्ने स्थानमा सवारी साधनमा जादा जिउनै सिरीङग हुन्छ । अझ समर भन्ने स्थानमा ढुगा कोपेर बनाएको बाटोमा सवारी साधन चलाउँदा या यात्रा गर्दा जिवनकै अवस्मरणिय यात्रा जस्तो लाग्दछ । मुस्ताड बर्षको तिन चार पटक पुगेकै छु तै पनी जती गएपनी जाउँ जाउँ लाग्दछ ।

छीरीङफोन्सुक ठकुरी

मुस्ताड विदेशी पर्यटकरुको मात्र नभएरआत्तरीक पर्यटकहरुको समेत प्रमुख गन्तब्य स्थल मध्य एक हो ।

बिशेष गरी मुक्तीनाथ मन्दिर आन्तरीक पर्यटकहरुको गन्तब्य स्थल हो भने माथिल्लो मुस्ताड अर्थात लोमाडथाड बाह्य पर्यटकहरको गन्तबय स्थल हो ।
मुक्तिनाथ सडक सन्जालले छोए पछी आन्तरीक पर्यटकको रोजाइृमा पर्न गएको हो । मुस्ताडको ल्याण्स्केप निकै मनमोहक रहेको छ ।
मुक्तिनाथ हिन्दु तथा बौद्ध दुबै धर्ममा आस्थाराख्नेहरुको साझा गन्तब्य स्थल हो । बिशेष गरी मुक्तिानाथ मित्र राष्ट भारत देखि पनी उल्लेखनिय रुपमा पर्यटकहरुे आउने गर्दछन् ।

जोमसोम देखि अहिले चिन जोड्ने कोरला नाका सम्म सडक विस्तारको काम धमाधम भईरहेको छ ।

यदी कोराला नाका सम्म सडक विस्तार भएमा माथिल्लो मुस्ताड सम्म पनी आन्तरीक पर्यटकको चाप बढ्ने छ ।

तर सडक विस्तार गर्दा पुरानो बस्ती लैजान हुदैन । जब मुक्तिानाथ सम्म सडक सन्जालले छोयो तब आन्तरीक पर्यटकको आगनमा निकै परिवर्तन भयो ।अझ चाढपर्वको छुटीको समयमा बास पाउन समेत निकै गाह्रो हुने गरेको छ । कोराला जोमसोमको सडक संजाल सहज भएपछी नेपाली पर्यटकहरुको लागी मात्र सहज नभएर चिन बाट लुम्बीनी घुम्न आउने पर्यटकहरुलाई समेत निक सहज हुने छ ।


Facebook Comment


No ads found for this position