धर्तिको स्वर्ग – बडीमालीका ( भिडियोमा)

बाजुरा जिल्लामा पर्ने बडीमालीका सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मीक स्थल मध्य एक हो । समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेका छ ।

धार्मीक हिसाले मात्र नभएर बडीमालाीका सौन्दर्यका हिसावले पनि निकै मनमोहक रहेको छ । बडीमालीका मन्दिर परिसरबाट नजिकै देखिने सुन्दर हिमाश्रृखलाको दृश्यले मनलाई निकै आन्नदीत तुलाउछ । बडीमालीकाको विशेषता अर्थात सौन्र्दय भनेकै यहाँका विशाल फाँटहरु हुन् ।

बडीमालीका मन्दिर सम्म पुग्नलाई बाटोहरु निकै अप्ठायारो रहेको छ । तर मन्दिर पुगेपछीको सुन्दर दृश्यहरुले भने सबै अप्ठयाहरु भुलाउने गर्दछ । बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन ठूलो मेला लाग्दछ ।

बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।

बडीमालीका सम्म पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजनहरु तथा पर्यटकले खानपिन तथा बासको आफै ब्यबस्थापन गर्नुपर्दछ । बडीमालीका मन्दिर परिसरमा बास बस्नका लागी गाह्रो नहोस भनेर मन्दिर व्यवस्थापन समितिले बास बस्नका लागि एउटा धर्मशाला बनाईदिएको छ । पर्यटन विकास समाज धनगढीले खप्तड बडीमालीका र रामारोसनलाई जोडेर फारवेष्ट हिरीटेज टेल समेत परिकल्पाना गरेको छ ।


Facebook Comment


No ads found for this position