मुटु काप्ने च्यासरा भिर पारगर्दा (भिडियोमा )

राज्यको एक मात्र जिल्ला हो जुन सडक संजालले छोएको छैन । तर प्राकृती, सास्कृतीक तथा धार्मिक हिसाले भरिपुर्ण रहेको छ । आज हामी त्यही हुम्ला जिल्लाको यलबाङत तर्फ यात्रा गराउने प्रयास गरेका छौ । यो यात्रामा जिन्दगीकै जोखिमपूर्ण बाटो हिँडियो । तल कहालिलाग्दो खोला, माथि टोपी खस्ने भीर । बाटोको आयतन पैतालासम्म अटाउने । ‘डर के आगे जीत है’ भन्ने हिन्दी कहावतझैं जोखिमको बाटो हिडोयो ।
यो हुम्लाको च्यासरा भीर हो । यो भीर पार गर्न खुट्टाको भर परेर हुँदैन, भित्तामा अढेसिनुपर्छ । कतै डोरीको पनि साहारा लिनुपर्ने हुन्छ ।

सिमिकोटदेखि हिल्सासम्मको सडक निर्माणाधीन छ । त्यही सडकखण्डको सबैभन्दा डरलाग्दो भीर हो, च्यासरा भीर ।

सिमिकोटदेखि हेप्कासम्म हामीले जीपमा यात्रा र्गयौं । त्यसपछि पैदल घोटिनुर्पयो । तीनघण्टे पैदल यात्रापछि च्यासरा भीरले हामीसँग पौंठेजोरी खेल्यो । यो कठिन भीर पार गरेपछि हाम्रा पाइला यलबाङतर्फ सोझिए ।

हाम्रो गन्तव्य हो( नाम्खा गाउँपालिकाको यलबाङ । यलबाङ कुनै परिचित ठाउँ होइन । यद्यपि यो ठाउँ भौगोलिक हिसाबले अत्यन्तै रमणीय रहेछ । यहाँ एक गुम्बा छ, यलबाङ्ग गुम्बा । जिल्लाकै सबैभन्दा महत्वपूर्ण गुम्बा रहेछ यो ।
हिमाली वस्तीको यात्रा जति कठीन छ, प्रकृतिको सुन्दरता कठिनाई भुलाउने खालको हुने गर्छ । र, स्थानीय मानिसहरुको स्वागत सत्कार एवं आतिथ्य अति नै न्यानो हुने गर्छ ।


Facebook Comment


No ads found for this position