गुल्मीमा आगलागी हुँदा एकको मृत्यु

गुल्मी, ८ बैशाख
गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित बसपार्कमा एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

सोमबार दिउँसो किराना पसलमा लागेको आगलागीमा परी खनाल स्टोर्सका सञ्चालक पूर्णबहादुर खनालका १५ छोरा वर्षीय समीर खनालको मृत्यु भएको हो । आगलागीमा परी एकै परिवारका तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते हुनेमा ४५ वर्षीय पूर्णबहादुर खनाल, उनकी श्रीमती ४२ वर्षीया रुपा खनाल र उनका छोरा २१ वर्षीय सञ्जय खनाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।

घाइतेलाई उपचारका लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ । पसलबाट डिजेल, पेट्रोल बिक्री गर्दै आएकाले आगलागी तत्काल नियन्त्रणमा लिन नसक्दा पसलको सामन जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।


Facebook Comment


No ads found for this position