यसरी एनटीसीमा आजदेखि निःशुल्क फोन गर्न सकिनेछ

काठमाडौं, ८ बैशाख
लकडाउनका कारण सबै बजार ठप्प छ । जसकारण मानिसले आफ्ना आफन्तसँग हालचाल सोध्न पनि पाएका छैनन् । न्यून ब्यालेन्स भएर फोन सम्पर्क गर्न नपाएकाहरूका लागि नेपाल टेलिकमले आजदेखि निःशुल्क फोन गर्ने व्यवस्था मिलाएको छ ।

सोमबार अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाको पहलमा नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढि सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने छन् । यो स्किम आज राति १२ बजेबाट लागू हुने नेपाल टेलिकमले जनाएको छ ।

ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गर्नेः
१. निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउनेः
क) २५ वटा अन–नेट एसएमएस
ख) ५० मिनेट अन–नेट भ्वाइस कल
ग) १०० एमबी डाटा
ङ) प्याकेजको अवधि ७ दिनको हुने
२. सो प्याकेज आगामी २ दिनसम्म उपलब्ध गराइनेछ
३. सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएसमार्फत जानकारी पठाइने
४. सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने
५. सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने
६. सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने


Facebook Comment