‘ऐनले पार्टी फुट्ने होइन, जुट्ने पनि होइन’ः मुख्यमन्त्री पोखरेल

काठमाडौं–८ बैशाख
सरकारले पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याएपटि केकपाभित्र पूरै अलचल मच्चिएको छ । नकेपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व माओवादीभित्रका स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएका छन् । यस अध्यादेश ल्याउने निर्णयसँगै पूर्वमाओवादीहरू पार्टी फुटाउन प्रधानमन्त्रीले यो अध्यादेश ल्याउन लागेको भन्दै शशंकित बनेका छन् ।

यसैबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले ऐनले पार्टी फुट्ने र जुट्ने नभएको बताएका छन् । उनले सरकारले ल्याएको अध्यादेशकै कारण पार्टी फुट्ने र जुट्ने कुरामा कुनै फरक नपार्ने बताएका हुन्।

सामाजिक संजाल फेसबुकमार्फत उनले ४० प्रतिशतको प्रावधान लोकतान्त्रिक विशेषता नै भएको बताउँदै जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन् ।

‘ऐनले पार्टी फुट्ने नि होइन ऐनले पार्टी जुट्ने नि होइन। ४० प्रतिशतको को प्रावधानको लोकतान्त्रिक विशेषता नै हो’, मुख्यमन्त्री पोखरेलले फेसबुकमार्फत भनेका छन्, ‘अनुशासित बनौँ, जिम्मेवार बनौँ।’


Facebook Comment


No ads found for this position