विवादित अध्यादेश राष्ट्रपतिबाट जारी

काठमाडौं–८ बैशाख
मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

यद्यपि राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेशलाई लिएर नेकपाभित्रै विवाद उठ्न थालेको छ । यस्तै संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

उक्त अध्यादेश अनुसार पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषद बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था छ ।


Facebook Comment


No ads found for this position