भारतमा ५३ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं–८ बैशाख
भारतमा कम्तीमा ५३ जना पत्रकार कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ । स्थानीय सञ्चारमाध्यम हफपोष्टले सोमबार त्यहाँको बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसनका अधिकारीहरुलाई उद्धृत गर्दै यो संख्या अझै बढ्न सक्ने जनाएको छ ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य समिति सदस्य अमे गोलेले हफपोस्टलाई बताए अनुसार १ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

‘परीक्षणका लागि पठाइएको १ सय ६७ पत्रकारहरुको नमुनामध्ये ५३ जनाको कोभिड १९ रिपोर्ट पोजिटिभ आएको छ’, उनले भने, ‘यो संख्या अझै बढ्न सक्छ ।’

कोभिड १९ रिपोर्ट पोजिटिभ आएका ५३ जनामा समाचार च्यानलका सम्वाददाता, क्यामेरापर्सन र फोटोपत्रकारहरु रहेका छन् ।


Facebook Comment


No ads found for this position