सीआइबीको नेतृत्व डिआइजी सहकुल थापालाई

काठमाडौं–८ वैशाख ।
सरकारले आजै फूली लगाएका नेपाल प्रहरीका १० डिआइजीलाई पदस्थापन गरेको छ । आज गरिएको पदस्थापनामा बढुवामा बाजी मारेका सहकुलबहादुर थापा केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएका छन् ।

एसएसपी हुँदा अपराध अनुसन्धान महाशाखामा रहेका थापाले फेरि बाजी मारेका छन् । उनले कालोबजारी नियन्त्रणमा लिएर चर्चा कमाएका थिए । यसअघि आफूभन्दा सिनियरलाई उछिन्दै थापा पाचौं नम्बरमा डिआइजी बढुवा भए । यो सँगै उनले भविष्यमा आइजीपी बन्ने बलियो सम्भावना बनाएका छन् । अब उनको ब्याचीमध्ये विश्वराज पोखरेल मात्र अगाडि छन् ।

अरुणकुमार बीसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएका छन् । उनी पनि निकै संघर्ष गरी १० औं नम्बरमा बढुवा भएका थिए । आइजीहरुमध्ये प्रदेश नं १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमती प्रदेशमा वसन्तकुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, ४ नम्बर प्रदेशमा रविन्द्रकुमार धानुक, कर्णाली प्रदेशमा वसन्तकुामर पन्त, सुदुरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीको पदस्थापन भएको छ । प्रकाशजंग कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएका छन् ।

यसअघि डिआइजीको दरबन्दी कटौती गरी सरकारले बढुवा गरेको थियो । ३४ डिआइजीमध्ये साधारण सेवातर्फ २६ थिए । डिआइजी संख्या घटाएर साधारणतर्फ १४ राखेर कुल २२ जनाको दरबन्दी राखिएको छ ।


Facebook Comment


No ads found for this position