निजी विद्यालय वैशाख १५ देखि खुल्ने

काठमाडौं–९ बैशाख
निजी विद्यालयले एक सातापछि अर्थात् बैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न सुरु गर्ने भएका छन् । कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका विद्यालयका परीक्षा र भर्नालगायतका सम्पूर्ण काम ठप्प छ । सरकारले यही १५ गतेसम्म लकडाउन कायम राखेको छ ।

अधिकांश विद्यालयले कक्षा १–९ को परीक्षा सम्पन्न गरे पनि परीक्षाफल प्रकाशित गर्न पाएका छैनन् । चैत पहिलो साता केही ठूला विद्यालयले कक्षा १ र माथिल्लो कक्षाको प्रवेश परीक्षाको मिति तय गरेका थिए । चैत ६ गतेबाट विद्यालय बन्द भएपछि प्रवेश परीक्षा लिएका केही विद्यालयले परीक्षाफल प्रकाशित गर्न सकेका छैनन् भने केहीको परीक्षा रद्द भएको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल ९प्याब्सन०का अध्यक्ष टीकाराम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि यही १५ गतेबाट बाँकी रहेका विद्यालयको परीक्षाफल प्रकाशित गर्न पत्राचार गर्ने बताएको आजको नेपाल समाचारपत्रमा खवर छ ।


Facebook Comment


No ads found for this position