भक्तपुरको इँटाभट्टामा काम गर्ने कर्णालीका ४ सय २३ मजदुरको उद्धार

काठमाडौं– ९ बैशाख

भक्तपुरको इँटाभट्टामा काम गर्ने कर्णालीका ४ सय २३ जना मजदुरको उद्धार गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पहलमा भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्ने मजदुरहरुको उद्धार गरिएको हो ।

लकडाउनका कारण खान बस्नको लागि समस्यामा परेका सल्यानका ४ सय २३ जना मजदुरहरुको उद्धार गरिएको हो । भक्तपुरको इँटाभट्टामा काम गर्दै आएका सल्यानका मजदुरहरुलाई खान र बस्नको समस्या भएका उनीहरुको सोमबार उद्धार गरिएको हो ।

‘इँटाभट्टामा काम गर्ने मजदुरहरूको उद्धार गरेर गएराति १२ बजे ७ वटा गाडीमा सल्यान पठाएका छौं, आज पनि बाँकी रहेका ४ सय मजदुरलाई सल्यान पठाउने तयारी भइरहेको छ,’ सल्यान प्रदेशसभा ख बाट निर्वाचित मन्त्री ज्वालाले भने । उनले अन्य विभिन्न जिल्लामा रहेका मजदुरहरूको पनि उद्धारका लागि प्रयास भइरहेको बताए ।

उद्धार गरिएकामा सल्यानको माझँकाँडा, कुपिण्डे दह, निगालचुँला, घाँजरी र शारदा नगरपालिकाका गरेर ४ सय २३ जना रहेका छन् ।

मन्त्री ज्वाला, नेकपा नेताहरु उदयबहादुर बोहरा, युवा नेता रमेश मल्ल, लक्ष्मण केसी, तिलक भण्डारी, जीवन बिसी, वीरबहादुर राउत, ब्यवसायी होम डाँगी र दिलिप ओलीलगायतको पहलमा उनीहरूको उद्धार गरिएको हो । आज पनि भक्तपुरबाट ४ सय बढीको उद्धार गरेर सल्यान पठाउने तयारी भइरहेको छ ।


Facebook Comment


No ads found for this position