विश्वका ६२ प्रतिशत विमानले झेल्दैछन् यस्ता चुनौती

काठमाडौं–९ बैशाख
तपाइँलाई लकडाउनमा कतै आउन–जान परेको छैन । यस कारण आ–आफ्नो सवारी साधन घर वा आसपासको कुनै पार्किङ स्थलमा राख्नुभएको होला । तबसम्म पर्खिनुहुनेछ जब लकडाउन पूर्ण रुपमा खुला हुनेछैन ।

कोरोनाको प्रकाप अन्त्य भएको दिन तपाइँ आफ्नो सवारी स्टार्ट गर्नुहुनेछ र कुनै यात्राका लागि निस्कनुहुनेछ । तर, विमानको अवस्था के हुनेछ ? विश्वभरका विमान सेवा अहिले ठप्प छ । ब्लुमवर्गका अनुसार विमान सेक्टरको सल्लाहकार फर्म सिरिकमकाअनुसार विश्वभरका ६२ प्रतिशत विमान अहिले धावनमार्गमै रोकिएका छन् ।

रोकिनुको मतलव यो होइन की पाइलटले विमान पार्किङ गरे र उनी आफ्नो घर गए । आउनुहोस् आज हामी जान्नेछौं कि यी हाइटेक मेसिनबारे जो आखिर लकडाउनको समयमा विमानहरुको हालत के भइरहेको छ ।

दैनिक देखभाल

हजारौं उड्डयन इन्जियरहरू र विश्वभरिका टेक्निसियनहरूले पार्किङमा उभिएका विमानहरूको हेरचाह गरिरहेका छन् । त्यस्ता कर्मचारीको संख्या ७० प्रतिशत प्रतिशत बढाइएको छ। ब्लूमवर्गका अनुसार, हाइड्रोलिक जाँच गरेर र इन्जिन चलाएर यी व्यक्तिहरूले विमान उडान भर्ने अवस्थामा छ वा छैन भन्ने हेरिरहेका छन् ।

हवाईजहाजका कार्पेटहरु पनि सफा हुनुपर्छ, ताकि कीराहरू नपरुन । फ्लाइट कन्ट्रोल सिस्टममा थोरै मात्रामा पनि धुलो विमानलाई उड्न लायकको स्थितिमा रहनबाट वञ्चित गर्दछ । यस्तोमा फ्लाइट कन्ट्रोल सिस्टमको विशेष रेखदेख गरिन्छ । हरेक दोस्रो वा तेस्रो दिनमा विमानको फ्यूल ट्यांकक भरिन्छ । ताकि यसमा लुब्रिकेसन आवश्यक मात्रामा रहिरहोस् ।

१६ हजार विमान थन्क्याइयो

पूरै विश्वमा हाल हवाइ सेवा संकटमा छ । कुल विमानमध्ये करिब ६२ प्रतिशत अर्थात १६ हजार विमान विश्वभरका एयरपोर्टमा राखिएका छन् । विश्वभरका विमा कम्पनीले सस्तो सस्तो पार्किङ खोजे ।

जहाँ लामो समयसम्म विमानलाई पार्किङ गरी राख्न सकियोस । विमान सबैभन्दा हाइटेक मेसिन हो । र कन्डिसन ठिक नहुँदा यात्रा दौरान मानिसको जीन्दगी खतरामा पर्न जान्छ । विमानलाई जहाँ पायो त्यहीँ पार्किन गर्न पनि सकिँदैन ।

२४ अ‍ैं घण्टाभित्र रोकिएको विमानको विमानको हाइड्रोलिक सिस्टम जाम हुनसक्छ । या टायर पञ्चर हुन पनि सक्छ । डी–फ्रीजिंग सिस्टम पनि खराब हुनसक्छ या फ्यूल ट्यांकी जाम हुनसक्छ । यी सबै समस्या समाधान गर्न हरेक पटक विमानको रेखदेख आवश्यक पर्छ ।

चराचुरुंगी मुख्य चुनौती

एयरपोर्ट खुला ठाउँमा बनाइन्छ । जहाँ धेरै संख्यामा चराचुरुँगी हुन्छन् । रोकिएका विमान पक्षीलाई आकिर्षत गर्छन् । इन्जिनदेखि लिइर हाइड्रोलिक्ससम्म चराचरुंगी आफ्नो गुँड बनाउँछन् । हरेक वर्ष कुनै न कुनै विमानस्थलमा चरासँग ठोक्कीएर विमान दुर्घटना भएको घटना त सुन्ने गरेकै छौं । यदि मेसिनभित्रै चराले गुँड लगाए भने झन् ठूलो दुर्घटनाको जोखिम हुन्छ ।


Facebook Comment


No ads found for this position