चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड बढीको सम्झौता

काठमाडौं–९ बैशाख

नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ । चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट -पीपीई, एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय ४० टन ल्याइनेछ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेकाअनुसार १ करोड ८४ लाख ४१ हजार ७०६।३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बढीको सम्झौता भएको छ । स्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि विक्रीका लागि प्रस्ताव राखेको थियो । तर चीनबाट स्वास्थ्य सामाग्री र भारतबाट औषधि ल्याइने भएको छ ।


Facebook Comment


No ads found for this position