भोजपुरमा साउदीबाट आएका एक जनामा देखियो कोरोना

भोजपुर– ९ बैशाख
ल्लामा एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ। हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको मंगलबार आरडीटीबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।
गत २०७६ साल फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक चैत्र ११ गते हतुवागढी आइपुगेका थिए। होम क्वारेन्टाइनमा रहेका उनलाई आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ।
उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढीतर्फ जाँदै गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वाब बुधबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने कार्यालयले जनाएको छ।