उदयपुरमा एकैदिन ११ जना थपिए, संक्रमितको संख्या ४२ पुग्यो

उदयपुर–९ बैशाख
उदयपुरमा मंगलबार एकै दिन ११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या उदयपुरमा २४ पुगेको छ। मंगलबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै संक्रमित सबैको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ।

त्रियुगा नगरपालिका( ३ भुल्के मस्जिद क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मंगलबार पुष्टि भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन्। यसअघि बैशाख ५ गते सोही ठाउँका १२ जना ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षकालाई कोरोना रहेको पुष्टि गरेको थियो। भोलीपल्ट ६ गते ६५ वर्षीय थप एक जनामा कोरोना संक्रमणको पुष्टि गरेको थियो।

कोरोना पुष्टिपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकको टोलीले छुट्टा–छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको थियो। मस्जिदमा बसेका १२ भारतीय र चार नेपाली नागरिकको स्वाब परिक्षण गर्दा १३ जना संक्रमित पुष्टि भएको हो। त्यसमध्ये ११ जना भारतीय र २ जना नेपालीमा कोरोना देखिएको थियो। थपिएका ११ जना सबै नेपाली मुस्लिम हुन्।

प्रदेशबाट संकलन गरिएका ६९ जनामध्ये ८ जनामा विराटनगरस्थित कोसी अञ्चल अस्पतालले पोजेटिभ देखिएपछि थप पुष्टिका लागि मंगलबार धरान पठाइएको थियो। विराटनगरले गरेको स्वाब परीक्षणमा पोजेटिभ आए आधिकारिकताका लागि धरानले पुनस्परीक्षण गर्ने प्रावधान छ।

सोहीअनुरुप सामाजिक विकास मन्त्रालयले शंकास्पद ८ जनालाई नै धरान पठाउन पत्राचार गरेपछि स्वास्थ्य कार्यालयले आठै जनालाई एम्बुलेन्सबाट पठाइएको थियो। सेनाले नमुना संकलन गरेको २ सय ५१ जनालाई आईतबार र सोमबार दुई दिन लगाएर नमुना संकलन गरेको थियो।


Facebook Comment


No ads found for this position