कोरानाबाट १ लाख ७५ हजारको मृत्यु, संक्रमितको संख्या २५ लाख नाघ्यो

काठमाडौं–९ बैशाख
विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या २५ लाख नाघेको छ । अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख ३० हजार पुगेको हो । विश्वभर भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक लाख ७५ हजार पुगेको छ ।

भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा करिब ४४ हजार मानिसको मृत्यु भइसकेको छ भने इटालीमा २४ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २१ हजार ३ सयभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । फ्रान्समा पनि यो भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार २ सय नाघिसकेको छ ।

अहिलेसम्म अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ४ हजार पुगेको छ । अमेरिका यो भाइरसको कारण सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो । त्यस्तै स्पेनमा दुई लाख ५ हजार नाघेको छ भने इटालीमा पनि एक लाख ८४ हजारभन्दा धेरै मानिसहरु यो भाइरसबाट प्रभावित बनिसकेका छन् । फ्रान्समा पनि भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ५५ हजार नाघेको छ ।

विश्वभर अहिलेसम्म ६ लाख ६८ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किसकेका छन् । जर्मनीमा सबैभन्दा धेरै ९५ हजारभन्दा बढी मानिस निको भएका छन् भने स्पेनमा ८२ हजार तथा चीनमा ७७ हजारभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् । भारतमा ६ सय ३ जनाको मृत्यु भएको छ भने १९ हजार संक्रमित भएका छन् ।


Facebook Comment


No ads found for this position