आश्रय स्थलमा कठ्यांग्रिएर शिशुको मृत्यु

सर्लाही– सर्लाहीको चुरेक्षेत्रमा पर्ने लालबन्दी नगरपालिका १५ परवानीपुरमा बनाइएको आश्रय स्थलमा बस्दै आएका ५ महिने शिशुको चिसोले कठ्याङग्रिएर मृत्यु भएको छ । परवानीपुरको झल्ला चौडीमा स्थानीयले बनाएको आश्रय स्थलमा बस्दै आएका तारादेव वाईवाका अन्दाजी ५ महिने छोरा जिबस वाईवाको मृत्यु भएको वडाध्यक्ष गोरखबहादुर बलले जानकारी दिएका छन् ।

रौतहटको गरुडास्थित इँट्टा भट्टामा काम गर्दै आइका वाईवा ३ दिन पहिले लालबन्दी आएका थिए । गाउँ आएपछि स्थानीयबासीले यिनीहरुलाई गाउँमा नपठाई आश्रय स्थलमा राखिएको वडाध्यक्ष बलले बताए।

कोरोना भाइरसका कारण इँट्टा भट्टा बन्द भएपछि उनीहरु सर्लाहीको हजरिया आएपछि वडाध्यक्षसहितको टोलीले उद्धार गरी ३ दिन अगाडि ल्याएका थिए । शिशुको चिसोका कारण मृत्यु भएको आशंका गरिएको र थप जानकारी लिन लालबन्दीबाट स्वास्थ्यकर्मी घटनास्थलमा आएको वडाध्यक्ष बलले बताएका छन्।


Facebook Comment


No ads found for this position