विवादित अध्यादेशमाथि सबै प्रदेशका सांसदसँग बालुवाटारमा छलफल

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशैपिच्छे सांसदलाई बालुवाटार बोलाएर छलफल सुरु गरेका छन्। उनले राजधानीमा संघीय सांसदलाई प्रदेशगत आधारमा समूह–समूह बोलाई सरकारले जारी गरेको अध्यादेशका बारेमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

छलफलमा नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी छन्। नेकपाका सांसदलाई मात्रै छलफलमा बोलाएका प्रधानमन्त्री ओलीले सूदुरपश्चिमका सांसदसँग छलफल गरेपछि १ बजे राष्ट्रिय सभाका सांसदलाई बोलाइएको छ।

त्यसैगरी ४ बजे प्रदेश ५ का सांसदलाई बोलाइएको छ। प्रधानमन्त्री ओलीले सरकारले भर्खरै ल्याएको अध्यादेशबारे पार्टीका सांसदको धारणा बुझ्न चाहेका हुन्। थापाका अनुसार भर्खरै जारी अध्यादेश र कोरोना भाइरसविरूद्दको लकडाउनलगायतका विषयमा सांसदलाई स्पष्ट गर्न यसरी छलफल गरिएको हो।


Facebook Comment


No ads found for this position