भारतले नेपाललाई दियो २३ टन अत्यावश्यक औषधि

काठमाडौं–कोरोना भाइरसविरुद्ध लड्न भारत सरकारले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २३ टन औषधि हस्तान्तरण गरेका हुन्।

औषधि हस्तान्तरण गर्दै भारतीय राजदूत क्वात्राले भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहार स्वरुप औषधि हस्तान्तरण गरिएको बताए । भारतले प्रदान गरेको अत्यावश्यक औषधिमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज रहेको छ।

भारतले प्रदान गरेको औषधि ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले एउटा छिमेकीको नाताले भारतले संकटमा अर्को छिमेकीलाई सहयोग गरेको बताए। भारतीय सरकारप्रति आभार व्यक्त गर्दै उनले छिमेकमा हुने महामारी र अन्य संक्रमणबाट जोगिन भारतसँग निरन्तर सहकार्य हुने विश्वास व्यक्त गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेतासँग भिडियो कन्फरेन्स गर्नुभयो र सार्क कोभिड(१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए। सोही कन्फरेन्समा उनले सबै छिमेकी मित्र राष्ट्रलाई हरसम्भव सहयोग गर्नेसमेत बताएका थिए।


Facebook Comment


No ads found for this position