कोरोना जित्दै सात जना घर फर्किए

काठमाडौं– जतिछिटो कोरोनाको संक्रमण फैलिँदैछ त्यतिकै रफ्तारमा कोरोनाविरुद्ध जित्नेहरुको संख्या पनि बढ्दैछ । नेपालमै कोरानासँग सात जनाले जितेका छन् । कोरोना निको भएर घर फर्किनेको संख्या सात पुगेको छ ।

बुधबार मात्रै दुई जना संक्रमित निको भएर घर फर्किएका छन् । एक जना पुरुष सेती अस्पतालबाट डिस्चार्ज भएका छन् भने अर्का एक व्यक्ति टेकु अस्पतालबाट आज डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि सेती अस्पतालबाटै २ जना, त्यसअघि टेकु अस्पतालबाट १ युवती, बागलुङ अस्पताल १ महिला डिस्चार्ज भएका थिए । त्यस्तै, पहिलो संक्रमित यसअघि नै निको भएर घर फर्किसकेका छन् ।

नेपालमा अहिलेसम्म देखिका ४५ संक्रमितमध्ये ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, आज थपिएका ३ संक्रमितलाई अस्पताल लैजाने प्रक्रिया भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


Facebook Comment


No ads found for this position