प्रधानमन्त्रीको आदेशमा सांसद अपहरण गरियोः समाजवादी

काठमाडौं–सप्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ ।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ ।’

स्रोतका अनुसार यसअघि पनि प्रधानमन्त्री निकटका मानिसहरुले यादवलाई समाजवादी पार्टी फुटाउने कार्यमा सघाएमा ‘जे चाहिन्छ त्यो दिने’ बताएका थिए । यादव पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए ।

तर, पछिल्लो समय यादवले आफूले पार्टी नफुटाउने बताउँदै आएका थिए । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यसबारे आफूलाई जानकारी नभएको बताए ।


Facebook Comment


No ads found for this position