पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौ‌‌–पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार साँझ उपाध्यायलाई ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

फेसबुक र ट्वीटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । उपाध्यायलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

सामाजिक सञ्‍जाल फेसबुक र ट्वीटरमा उपाध्याय सक्रिय रहँदै आएका छन् । साइबर अपराधको कसूरमा बिहीबार जिल्ला अदालत काठमाडौंमा उपाध्यायलाई उपस्थित गराइने बताइएको छ ।


Facebook Comment


No ads found for this position