बन्दीपुरमा रमाइरहेका पर्यटक नेपालमै बस्न चाहान्छन्

तनहुँ–कोरोना भाईरस कोविड–१९ को सङ्क्रमणमा परिने डरले यहाँ घुम्न आएका विदेशी पर्यटक नेपालमै बस्न चाहेका छन् । तनहुँको पर्यटकीय स्थल बन्दीपुरमा बसेका पर्यटकहरु आफ्नो देश कोरोनाको उच्च जोखिममा रहेको भन्दै स्वदेश फर्कन मानेका छैनन् । नेपाल भ्रमणका क्रममा बन्दीपुर आइपुगेका १२ जना पर्यटकहरु घर फर्किन नमानेका हुन् ।

बन्दीपुर गाउँपालिकाको सहयोगमा बन्दीपुर क्षेत्रका होटलमा रहेका विदेशी पाहुनाहरूको तथ्याङ्क संकलन गरी आ–आफ्नै देशमा पठाउने व्यवस्था गरे पनि असुरक्षाको कारण देखाउँदै उनीहरु घर फर्किन नमानेका हुन् ।

घर फर्कन नमान्ने पर्यटकहरुमा फ्रान्सका पाँच, बेलायतका एक, रुसका दुई, चीनका एक, कोलाम्बियाका दुई, क्यानडकाा एक जना गरी १२ जना रहेको छन् । नेपालमा भन्दा फ्रान्स असुरक्षित रहेकाले देश फर्किन मन नलागेको पर्यटकहरु बताउन्छ्न् ।

यही बस्न चाहेका पर्यटकहरुलाई सस्तो र सुलभ रुपमा बस्न र खानाको व्यवस्था गरिएको स्थानीय व्यवसारि बताउछन् ।

गत वर्ष मात्रै डेढ लाख पर्यटकले भ्रमण गरेको भए पनि यस वर्षको पर्यटन वर्षमा अझ बढी पर्यटक भित्र्याउने योजना रहेको थियो । कोरोनाले गर्दा व्यवसाय ठप्प भएपछि बन्दीपुरका व्यवसायी चिन्तित रहेका छन् ।


Facebook Comment


No ads found for this position