सरकारको विरोधमा कांग्रेस कार्यकर्ता सडकमा उत्रिए

काठमाडौं–सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्र र संविधानको मर्मविपरीत भएको कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

लोकतन्त्रदिवसका दिन बिहीबार कांग्रेस कार्यकर्ताले सामाजिक दूरी कायम गरेर सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।

पूर्वसांसद रञ्जित कर्णको नेतृत्वमा नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरिएको हो । अध्यादेश फिर्ता लिन माग गर्दै प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघका नेता भुवन भट्टले जानकारी दिए ।

यो अध्यादेश लोकतन्त्रलाई नै समाप्त गर्ने नियतले ल्याइएको हो,’ भट्टले भने, लोकतन्त्र विरोधी अध्यादेश खारेज हुनुपर्छ ।’

सरकारले सोमबार दल विभाजनलाई खुकुलो बनाउने गरी राजनीतिक दल विभाजन सम्बन्धी र प्रमुख प्रतिपक्षी दलको नेता बिना नै संवैधानिक परिषद् बैठक सञ्चालनसम्बन्धी दुई वटा अध्यादेश ल्याएका थिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसहितका संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै विपक्षी दलहरुको बुधबार बसेको बैठकले अध्यादेशको विरोध गर्दै फिर्ता लिन सरकारसँग माग गरेका थिए ।

उनीहरुले लकडाउनसम्म अध्यादेशको विरुद्धमा जनमत बनाउने र त्यसपछि सडक आन्दोलन गर्ने निर्णय गरेका थिए । साथै विपक्षी दलहरुले संसद बैठक बोलाउनसमेत माग गरेका थिए ।


Facebook Comment


No ads found for this position