दल दर्ता गर्न निर्वाचन आयोग पुगे समाजवादी र राजपा नेताहरू

काठमाडौं–समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरू निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरू त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् ।

दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति मध्यरातमा गरेका थिए । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।


Facebook Comment


No ads found for this position