मातातिर्थ औंसी, भौतिक दूरी कायम गरेर आमाको अनुहार हेर्न सुझाव

काठमाडौं- वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ ।

यो वर्ष कोरोना महामारी भएकाले सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्दा राम्रो हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

आमाको अनुहार हेर्ने अति पवित्र दिनमा सबैले सामाजिक दूरी कायम गरेर मात्र आमाको अनुहार हेर्दा राम्रो हुने काठमाडौंको पिङ्गलास्थानस्थित रामघाट स्वास्थ्य केन्द्रकी डा। उरुसा पौडेलले सुझाव दिइन् ।

शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।


Facebook Comment


No ads found for this position