‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं–‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। बिहीबार बिहान दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन्।

दल दर्ताका लागि राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टीका नेता बिहीबार बिहानै निर्वाचन आयोगको कार्यालय पुगेका थिए। बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा जनता समाजवादी पार्टी, नेपाल १३८८ नम्बरमा दर्ता भएको छ।

दल दर्ताका लागि राष्ट्रिय जनता पार्टीका संयोजक शरत सिंह भण्डारी र समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरी निवेदन दिएका थिए। दल दर्तापछि नेता महतोले सरकारले पार्टी फुटाउन ल्याएको अध्यादेशले पार्टी एकता गर्न हौसला मिलेको प्रतिक्रिया दिएका छन्।


Facebook Comment


No ads found for this position