शुक्रराज र गणेशमानलाई प्रारम्भ र आनीले दिए पीपीई

काठमाडौं–संसारभर प्रभाव पारि रहेको कोभिड(१९ कोरोना भाइरसले विश्वको जनजीवन प्रभावित भनेको छ । विश्वभर २।५ मिलियन संक्रमित भैसके भने झन्डै २ लाखले ज्यान गुमैसकेका छन् । नेपालमा निकै सुस्त गतिमा देखिएको यसको प्रभाव यसै साताबाट ह्वात्तै बढेको छ।

संक्रमितको संख्या ४ दर्जन पुगिसक्यो भने १४ जना उपचार पछि निको भै घर फर्किसकेका छन् । मुलुक लकडाउनमा छ, स्वास्थ्य सामग्रीको अभाव छ र यसको व्यवस्थापनका लागि सरकार र गैर सरकारी निकायहरु सक्रिय भएर लागेका छन् ।

यहि सक्रियताका साथ प्रारम्भ सामाजिक संस्था र गायिका आनी छोयिंग डोल्माले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका लागी २५ थान पीपीइ सेट उपलब्ध गराएका छन्। प्रारम्भ अध्यक्ष कल्पना क्षेत्रि तथा आनी छोयिंग डोल्मा फ़ाउनेशनका अध्यक्ष समेत रहेकी गायिका डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले शुक्रराज ट्रपिकलका निर्देशक डा. सागर राजभण्डारीलाइ बिहिबार उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

बिहिवार नै उनीहरुले ललितपुर स्थित गणेशमान सिंह अस्पतालका लागि १० थान पीपीइ सेट सहयोग गरेको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबू महर्जनले बताएका छन् । गणेशमान सिंह अस्पताल ललितपुर महानगरपालिकाले आइसोलेशन तथा क्वारेन्टाइनका लागि छनौट गरेको अस्पताल हो।

विभिन्न स्थानीय तह र अस्पतालहरु संगको समन्वयमा सहयोग गरिरहेको प्रारम्भले उपलब्ध गराएका सामग्रीमा पीपीइ ड्रेस, एन९५ मास्क, ग्लब्स, गमबुट, फेसशिल्ड, सर्जिकल मास्क तथा ह्यान्ड सानी टाइजर छन्।

प्रारम्भले हालसम्म शुक्रराज ट्रपिकल तथा गणेशमान सिंह अस्पतालका अलावा त्रीबी शिक्षण अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, बनेपा अस्पताल, पाटन अस्पताल तथा शिर मेमोरियल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।

प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाका अनुसार संस्थाले पहिलो चरण राजधानी र आसपासका अस्पतालमा सामग्री उपलब्ध गराउँदै दोस्रंो चरणमा आनी छोयिंग डोल्मा फ़ाउण्डेशन संगको सहकार्यमा परोपकारी कार्य गरिरहेको हो।

दुई संस्थाको संयोजन पछि दैलेख जिल्लाका सबै स्थानीय तहका लागि स्वास्थ्य सामग्री पठाइएको र आफूले सकेको मद्दत गर्न फिल्डमा आएको गायिका आनी छोइङ्ले बताइन् । उनले भनिन ‘रोगको महामारी र असहज परिस्थितिमा यातिबेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मि र संचारकर्मीप्रति आफु धेरै गम्भीर भएको र उहाहरुको सुरक्षाको निम्ति थोरै भएपनि सारथी बन्न सकूँ, हाम्रो उद्देश्य हो ।’

प्रारम्भको प्रारम्भिक क्रियाकलापबाट प्रभावित उनले संस्थागत सहकार्य गरेर कल्याणकारी कार्य गर्न पाउँदा आफूलाई मनमा आनन्द लागेको उनको कथन छ।

चरणबद्ध कार्यक्रममा अग्रसर यी दुइ संस्थाले तेश्रो चरणमा विभिन्न जिल्लामा आवश्यकता हेरेर स्वास्थ्य सामग्री पठाउने तयारी गरिरहेको प्रारम्भ संस्थाकी अध्यक्ष कल्पना क्षेत्रि बताउँछिन्। उनि सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि समेत हुन् । प्रारम्भ सिंगापुर रेडक्रससंग आबद्द गैरसरकारी संस्था हो ।


Facebook Comment


No ads found for this position