नालामा डुबेर तीन बालकको मृत्यु

बाँके–जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ । प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । रासस


Facebook Comment


No ads found for this position