प्रदेश १ मै संक्रमितको संख्या ३० पुग्यो, देशभर ४९ संक्रमित

विराटनगर–झापाका एक जनामा शुक्रबार कोरोना पुष्टि भए सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमक बस्ने ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

शुक्रबार गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

झापाका ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले पुष्टि गरेका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।


Facebook Comment


No ads found for this position