नगरपालिकाद्वारा ५ हजार ९०९ जना कृषकलाई धानको बीउ निःशुल्क वितरण

भक्तपुर-भक्तपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रका कृषक परिवारलाई धानको बीउ वितरण गरेको छ । भक्तपुर नगरपालिकाले नगरका ५ हजार ९ सय ९ जना कृषक परिवारलाई धानको बीउ वितरण गरेको हो । नगरपालिका लेखुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको भक्तपुर नगरपालिका–९ का अध्यक्ष रविन्द्र ज्याख्वले बताए । उनले भने विश्व व्यापी महामारीको रूपमा फैलिरहेको नोवेल कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनलाई ध्यानमा राखी भक्तपुर नगरपालिकाले आफ्नो नगरका सबै वडाहरुमार्फत विगतका वर्षहरुमाझैं यो वर्ष पनि धानको बीउ वितरण गरेको बताए ।

प्रतिपरिवारलाई २ किलो ५ सय ग्राम (एक पाथी) धान निःशुल्क वितरण गरेको भक्तपुर नगरपालिकाका रविन्द्र ज्याख्वले बताए ।

भक्तपुर नगरपालिकाले वडा नम्बर १ मा ४ सय ६६, वडा नम्बर २ मा ८ सय, वडा नम्बर ३ मा ५ सय ५०, वडा नम्बर ४ मा ७ सय ३०, वडा नम्बर ५ मा ४ सय ३९, वडा नम्बर ६ मा ५ सय ७८, वडा नम्बर ७ मा ७ सय, वडा नम्बर ८ मा ५ सय ३८, वडा नम्बर ९ मा ७ सय १६ र वडा नम्बर १० मा ३ सय ९२ परिवार गरी जम्मा ५ हजार ९ सय ९ परिवारलाई खुमल–११ ताइचीन जातको धानको बीउ वितरण गरेको हो ।

भक्तपुर नगरपालिकाका विभिन्न वडाहरूले स्थानीय स्वयंसेवक परिचालन गरी वडा कार्यालय र घरदैलो गरी कृषक परिवारलाई धानको बीउ वितरण गरेको ।


Facebook Comment


No ads found for this position