किमको अवस्था चिन्ताजनक , चिनियाँ चिकित्सक टोली उत्तर कोरियातर्फ

बेइजिङ–उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको स्वास्थ्य परामर्शका लागि चीनले त्यसतर्फ एक चिकित्सक टोली पठाएको खबर रोयटर्सले लेखेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा उक्त टोली बिहीबार त्यसतर्फ गएको हो।

तर सो कुराको पुष्टि भने हुन सकेको छैन। समाचारका अनुसार चिनियाँ विदेशमन्त्रीले यसबारे बोल्न इन्कार गरेका छन्।

पछिल्लो समय नेता किमको स्वास्थ्य स्थिति गम्भीर भएको समाचार आइरहेका छन्। एक उत्तर कोरियाली अनलाईनका अनुसार उनी बिस्तारै निको हुन थालेका छन्। तर कतिपय अन्तरराष्ट्रिय सञ्चार माध्यमले भने उनी चिन्ताजनक अवस्थामा रहेको समाचार सार्वजनिक गरिरहेका छन्।

यसैगरी दक्षिण कोरियाको खुफिया एजेन्सीका एक अधिकारीले नेता किम जिवितै रहेको र चाँडै उनी सार्वजनिक रूपमा देखिने बताएका छन्। तर उनको स्वास्थ्य स्थिति र चिनियाँ संलग्नताका बारे भने खुलाउन नचाहेको समाचारमा उल्लेख छ।


Facebook Comment


No ads found for this position