सिंहदरबारमा कोरोना उच्चस्तरीय समितिको बैठक

काठमाडौं–लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न अहिले कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल भइरहेको छ। सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन यही वैशाख १५ गते सकिँदैछ। संक्रमणको जोखिम कायमै रहेको विश्लेषण गर्दै कम्तीमा एक साता थप्‍ने तयारी सरकारले गरिसकेको छ।

लकडाउनको अवधि र मोडालिटीबारे समितिले निर्णय गरेपछि समितिकै सिफारिसको आधारमा मन्‍त्रिपरिषद्ले निर्णय गर्नेछ। लकडाउनलाई राजधानीमा केही खुकुलो बनाउने दबाब आए पनि कम्तीमा अझै एक साता खकुलो बनाउन नहुने सल्लाह विज्ञहरुले समितिलाई दिएका छन्।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लम्बाइएको थियो ।

छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएकोले त्यो भन्दा पहिले यहाँ लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन थप्‍ने निश्कर्षमा पुगेको हो ।

विश्‍वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने झन्डै दुई लाखले ज्यान गुमाएका छन्। नेपालमा पनि संक्रमितको संख्या ४१ पुगेको छ।


Facebook Comment


No ads found for this position